अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५३ | Colorodo: 12:08

न्यूयोर्कमा भर्चुअल रूपमा अन्तर ध्वनि लोकार्पण

विजय थापा २०७७ जेठ २६ गते २१:४६ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यु योर्क च्याप्टरको आयोजनामा मिति ०६/०६/२०२० का दिन अनेस स न्यु योर्ककी पूर्व अध्यक्ष साहित्यकार पुनम काफ्लेको नवौँ कृति कथा सङ्ग्रह “अन्तर ध्वनि” को “भर्चुअल” लोकार्पण कार्यक्रम भव्य रूपमा सु-सम्पन्न भएको छ।

भर्चुअल लोकार्पण गरिएको “अन्तर ध्वनि “को नेपाली साहित्य जगतमा नै पहिलो कृति भएको छ। दुई दशकदेखि अनवरत रूपमा साहित्य सृजनामा समर्पित नारी रत्न पुनम काफ्लेका प्रकाशित कृतिहरू -भावना ,छाया छवि,परदेशिएका पाइलाहरू,जून तारा अन्तर्धारा,गीतहरू हुँदै अन्तर ध्वनि सम्म प्रकाशित हुन आएको छ। उक्त अवसरमा नेपाल निगमका महावाणिज्य दूत पुष्प राज भट्टराई,अनेसास केन्द्रका अध्यक्ष राधेश्याम लेकाली,अनेसास ट्रस्टी अध्यक्ष साहित्यकार गीता खत्री, कथाकार मधुवन पौडेल,साहित्यकार डा. मधु माधुर्य,जगदीश उपाध्याय,पूर्व च्याप्टर अध्यक्षहरू साहित्यकार ज्योति पौडेल, विकास विष्ट,राजेन्द्र श्रेष्ठ लगायत च्याप्टरका सदस्यहरू,सल्लाहकार र साहित्यकार रश्मि भट्ट ,उपाध्यक्ष शान्ता घिमिरे,राजन महर्जन, जानुका वस्ति ढकाल,मेनका पराजुली, सिर्जना लामा, शोभा गौतम ,पूर्व पदाधिकारी बेदाआचार्य ,साहित्यकार सिता खरेल,समालोचक /साहित्यकार रश्मि भट्ट,साहित्यकार विनोद रोका,साहित्यकार किशन सिंह धामी, किरण काफ्लेका साथै अन्य साहित्य अनुरागीहरूको पनि उपस्थित थियो।

उपस्थित सम्पूर्ण सहभागीहरूले कथाकार पुनम काफ्लेलाई बधाई ज्ञापन गर्नु भएको थियो भने नेपालबाट जोडिनु भएका अतिथि राधेश्याम लेकाली र मधुवन पौडेलका साथै अतिथि पुष्प राज भट्टराई,गीता खत्री,जगदीश उपाध्याय लगायत सबैले आ-आफ्नो छोटो मिठो भावनाहरू व्यक्त गर्नु भएको थियो । अंतर्ध्वनि कथा सङ्ग्रहको समीक्षा गर्दै डा. मधु माधुर्यले पुनम काफ्लेको कृतिमा समावेश भएका बिस वटा कथाका बारेमा प्रस्ट पार्दै कथामा निहित मधुर भाव ,मानवीय समवेदना, पुराना र नयाँ सोचको द्वन्द्व ,रुढीवादी समाज भित्रका बाध्यताहरू, सेरो गेट पिताको महानता, तेस्रो लिङ्गी समाजले भोग्नु परेको पीडा, बिदेसिएर झेल्नु परेको दुख, पुरुष हृदयको कोमल पन आदिको बारेमा प्रकाश पार्नु भएको थियो|

उपस्थित पूर्व अध्यक्ष लगायत च्याप्टरका सदस्यहरूले पनि कथाकार पुनम काफ्लेलाई शुभकामना र बधाई दिनु भई विदेशी परिवेशमा लेखिएको अन्तर ध्वनि कृति लोकार्पण भएकोमा खुसीयाली व्यक्त गर्नु भएको थियो। सहभागीहरू मध्ये जस जसले कथा सङ्ग्रह पढ्ने मौका पाउनु भयो सबै ले पुनम काफ्लेलाई उहाँ को लेखन आख्यानमा एकदम राम्रो भएकोले उहाँबाट नेपाली साहित्य भण्डार उपन्यास पनि छिट्टै पाउने आशा र शुभकामना व्यक्त गर्नु भएको थियो।

स्रष्टा पुनम काफ्लेका श्रीमान् किरण काफ्लेले सर्जकलाई बधाई दिनु हुँदै उक्त कथा सङ्ग्रहबाट एक हरफ कथा पढेर सबैलाई सुनाउनु भएको थियो । सदाझैँ अ अनेसास न्यु योर्क च्याप्टरका महासचिव साहित्यकार राजन महर्जनले रमाइलो वातावरणमा सुचारुरुपले कुशलता पूर्वक कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने अध्यक्ष शकुन ज्ञवालीले पुनम काफ्लेको मिलनसार,सौम्य शालीन ,सकारात्मक व्यक्तित्वको चर्चा गर्दै उपस्थित पाहुनाहरू र लाइभ कार्यक्रम हेरिरहने सबैमा धन्यवाद ज्ञापन गर्दै दुई घण्टा लामो पुस्तक विमोचन कार्यक्रम समापन गर्नु भएको थियो।

यो बिषम् परिस्थितिमा अनेसास न्यु योर्क च्याप्टरले समय र परिस्थितिलाई मनन गर्दै अनलाइन पुस्तक विमोचन कार्यक्रम गरिएको हो |

प्रतिक्रिया