अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

नेपालमा लकडाउनकै बीच सुनचाँदीको कारोबार सुरु, सुनको मूल्य प्रति तोला ८७ हजार ४ सय कायम

बिआरटीनेपाल २०७७ जेठ २५ गते ६:४५ मा प्रकाशित

नेपालमा लकडाउनको बीचमा नै सुनचाँदीको कारोबार सुरु भएको छ । लकडाउन शुरु भएपछि दुई महिना भन्दा बढी बन्द रहेको सुनचाँदीको मूल्य पनि तोकिएको छ । आज आइतबार छापावाल सुनको मूल्य प्रति तोला ८७ हजार ४ सय रुपैयाँ तोकिएको छ, भने तेजावी सुनको मूल्य ८६ हजार ९ सय ६० रुपैयाँ तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साढे दुई महिनाको अवधिमा सुनको मूल्य १० हजार ४ सय रुपैयाँले बढेको छ । लकडाउन सुरु हुनु भन्दा अगाडि चैत १० गते सुनको कारोबार प्रति तोला ७७ हजार रुपैयाँमा भएको थियो। सुनसंगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बढेर ९ सय २५ रुपैयाँ पुगेको छ । चाँदीमा प्रतितोला २ सय ५ रुपैयाँले बढेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू