अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०१ | Colorodo: 07:16

कोरोना नियन्त्रण र रोकथामका लागि १० अर्ब खर्च पारदर्शीरुपमा भएको स्वास्थ्यमन्त्रीको दावी

बिआरटीनेपाल २०७७ जेठ २४ गते २२:२१ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाको नियन्त्रण तथा रोकथामका लागि भएको खर्च पारदर्शी रुपमा भएको दाबी गर्नुभएको छ । संसदमा स्वास्थ्य मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै कोरोना नियन्त्रणका लागि भएको १० अर्ब खर्च व्यवस्थित रुपमा भएको र त्यसको खर्च देखाउन तयार रहेको जवाफ दिनुभएको हो ।

खर्च भएको १० अर्बमध्ये २ सय ७६ करोड ६ सय ४१ स्थानीय तहमा, प्रदेशमा १ सय ८ करोड र संघबाट ६ सय ३ करोड खर्च भएको ढकालले जानकारी दिनुभयो । खर्च भएको रकम सिसिएमसीको खर्च, कन्ट्राक्ट ट्रेसिङ, उपचार, क्वारेन्टिनको व्यवस्थापनमा खर्च भएको मन्त्री ढकालको भनाई थियो । कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले २ अर्ब ९२ करोडको सामग्री खरिद गरेको उहाँले बताउनुभयो ।

मन्त्री ढकालले असार १५ गतेसम्म दैनिक १० हजार पिसिआर रिपोर्ट दिनसक्ने गरी तयारी भइरहेको संसदलाई जानकारी गराउनुभयो । अहिले दैनिक ४ हजारसम्म रिपोर्ट आइरहेको र सातै प्रदेशमा परिक्षणका लागि मेसिन खरिद प्रक्रिया अघि बढेको उहाको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू