अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५० | Colorodo: 15:05

विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टाइनमा राख्ने ४७ वटा होटेलहरुको सूची सार्वजनिक

बिआरटीनेपाल २०७७ जेठ २४ गते २२:०१ मा प्रकाशित

विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टाइनमा राख्ने ४७ वटा होटेलहरुको सूची सरकारले सार्वजनिक गरेको छ । यो सूचीमा चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन् । सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २८ होटलहरु छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् । ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् । सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ । अस्ति म्यानमार र युएईबाट नेपालहरु आएका छन् । अरु देशबाट पनि नेपालीहरु उद्धारको पर्खाइमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू