अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४९ | Colorodo: 06:04

कोभिड–१९ का कारण विश्वभर ४ लाख २ हजार ९४ को मृत्यु, ६९ लाख ७४ हजार २ सय ७१ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ २४ गते २१:५९ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख २ हजार ९४ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ६९ लाख ७४ हजार २ सय ७१ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ३४ लाख ११ हजार २ सय ८१ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५३ हजार ५ सय ८६ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १२ हजार ९६, इटालीमा ३३ हजार ८ सय ४६ , स्पेनमा २७ हजार १ सय ३५ , फ्रान्समा २९ हजार १ सय ४२ , बेलायतमा ४० हजार ४ सय ६५ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार २ सय ९, जर्मनीमा ८ हजार ७ सय ६९ , बेल्जियममा ९ हजार ५ सय ८०, ब्राजिलमा ३६ हजार ४४, रसियामा ५ हजार ७ सय २५ र क्यानडामा ७ हजार ७ सय ७३ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ६ हजार ९ सय ४६ , पाकिस्तानमा १ हजार ९ सय ३५ , बंगलादेशमा ८ सय ४६ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ३ सय २७ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ४८ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू