अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८ | Colorodo: 07:43

गजल

नवराज न्यौपाने 'मौन' २०७७ जेठ २४ गते १३:५७ मा प्रकाशित

जाँचेर आफ्नू साथी छान्ने रहेछ माया
हाँसेर ज्यून एक्लै जान्ने रहेछ माया

पोखेर भाव नौलो साथी बनाइ यौटा
सर्वस्व जिन्दगानी ठान्ने रहेछ माया

संसारमा रमाई खोजेर काम नौलो
पाङ्ग्रा दुई रथैको तान्ने रहेछ माया

देखेर देश सारा फर्केर आज गाउँ
संस्कार-पर्व-इज्जत धान्ने रहेछ माया

सङ्घर्षले कमाई विश्वासले हिँडाइ
सन्तानको चिनारी मान्ने रहेछ माया