अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

महासचिव नेम्बाङको पहलमा जनसम्पर्क समिति अमेरिकाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

बिआरटीनेपाल २०७७ जेठ २४ गते १३:५२ मा प्रकाशित

न्यु योर्क, जुन २, जनसम्पर्क समिति अमेरिकाको सरकारी सहयोग तथा श्रोत परिचालन समिति न्यूयोर्कको टाक्सफोर्सद्वारा महासचिव एवं कोरोना सङ्क्रमित समुदायका लागि सरकारी सहयोग तथा श्रोत परिचालन समिति अमेरिकाका संयोजक मुनीन्द्र नेम्बाङको पहलमा न्यूयोर्कमा कृयाशील विभिन्न १५ वटा सङ्घसंस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोभिड -१९ ले आक्रान्त बनाएको न्यूयोर्कमा, जति वेला महामारीबाट बच्नको लागि नेपाली समुदायलाई मास्क, स्यानिटाइजर, ग्लोप्स, थर्ममिटर , टायनल जस्ता अत्यावश्यक स्वास्थ्य सामग्रीहरू बजारमा पाउन गाह्रो भइरहेको थियो । कोरोना भाइरसबाट सङ्क्रमित नेपालीले स्वास्थ्य सामग्रीहरू नपाएर न्यूयोर्कमा छटपट्टिरहेका थिए । त्यही वेला देखि नेपाली जनसम्पर्क समिति अमेरिकाको टाक्स फोर्सले कोरोनाको अक्रान्तबाट नेपाली समुदायलाई जोगाउन, विभिन्न सङ्घसंस्था मार्फत तथा व्यक्तिगत तवरले समेत समुदायका सङ्क्रमित सदस्यहरूले पाउने गरी स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको कुरा नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिव मुनीन्द्र नेम्बाङले बताएका छन् ।

पुरै अमेरिका लकडाउनले बन्द भएको वेलामा, अमेरिकी सरकारले दिएको निर्देशनलाई पालना गर्दै, बडो मुस्किलले स्वास्थ्य सामग्रीहरू नेपाली समुदाय सम्म वितरण गरेको बताउँदै, महासचिव नेम्बाङले अमेरिका भरीका शुभेच्छुक सहयोगी दाताहरूबाट प्राप्त स्वास्थ्य सामग्री टाक्स फोर्स र जनसम्पर्क समितिका साथीहरूको साथ र सहयोगमा वितरण कार्य सम्भव भएको बताएका छन् ।

गत अप्रिल महिनाको २१ तारिख देखि सुरु गरिएको राहत वितरण कार्यक्रम मे महिनाको ३१ तारिख २०२० मा अभियान सम्पन्न भएको बताउँदै, महासचिव नेम्बाङले न्यु योर्क लगायत अन्य च्याप्टरहरूको टाक्सफोर्सबाट सञ्चालित स्वास्थ्य सामग्री वितरण अभियान कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण अग्रजहरू, कार्यसमितिका साथीहरू, सहयोगी दाताहरू, सामाजिक अभियन्ता, स्वंयेम सेवक मित्रहरू, पत्रकार साथीहरू, विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, नागरिक समाज र आम नेपाली समुदायलाई आभार प्रकट गर्दै, धेरै धन्यवाद व्यक्त गरेको छ । न्यु योर्क टाक्स फोर्स समितिले १५ वटा विभिन्न संस्था मार्फत र १२० परिवारलाई व्यक्तिगत तवरले गरेर हाल सम्म जम्मा -८,७०० थान सर्जिकल मास्क, १६६४थान हेण्ड स्यानिटाइजर , १७,१०० थान हेण्ड ग्लोप्स, १०० थान थर्ममिटर र २५० थान KN ९५ मास्क नेपाली समुदायलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू