अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०० | Colorodo: 08:15

सरकारले राजश्व उठाउन सक्ने क्षमता गुमाएको काँग्रेस नेता रिजालको भनाइ

बिआरटीनेपाल २०७७ जेठ २४ गते ६:५० मा प्रकाशित

प्रमुख विपक्षी नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले राजश्व उठाउन सक्ने क्षमता गुमाएको बताउनुभएको छ । प्रतिनिधिसभामा आज अर्थ मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राख्नुभएका रिजालले पूँजीगत खर्च गर्न सक्ने क्षमता र योजना नभएको र सरकारको इमान्दारिता पनि नदेखिएको बताउनुभएको हो । सांसदहरुले खर्च हुने र उत्पादनमूलक क्षेत्रमा रोजगारी बढाउने बजेटमा जोड दिनुुपर्ने उहाको भनाई छ ।

यस्तै काँग्रेसकै नेता गगनकुमार थापाले संघीय सांसदको हैसियत वडाध्यक्षको जस्तो भएको टिप्पणी गर्नुभएको छ । स्थानीय पूर्वाधार विकास सांसद विकास कोषका नाममा योजना छनोट गर्ने गरी बजेट लिने अभ्यासले संघीय सांसदको हैयित वडाध्यक्षको जस्तो हुन पुगेको उहाँले बताउनुभयो ।

विनियोजित बजेटको मन्त्रालयगत शीर्षकमाथि भएको छलफलमा सांसद थापाले स्थानीय पूर्वाधार कोषबाट सांसदहरुले वडाअध्यक्ष जस्तो पैसा लिन थालेको र स्थिति पहिलाको भन्दा बिग्रिएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू