अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४४ | Colorodo: 17:59

घर फर्कन चाहने सबैलाइ ल्याउन काँग्रेसको माग

बिआरटीनेपाल २०७७ जेठ २४ गते ६:४८ मा प्रकाशित

नेपाली काँग्रेसले कोरोना भाइरस कोभिड १९ का कारण घर फर्कन चाहने सबैलाई ल्याउन सरकारसँग माग गरेको छ । काँग्रेसको जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले आज विज्ञप्ति निकालेर विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीहरुलाई आफ्नो घर र्फकन पाउने अधिकार रहेको भन्दै सबैलाइ ल्याउन आग्रह गर्नुभएको छ ।

संख्या तोकेर नभई आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउनु पर्ने उहाँले बताउनुभएको छ । विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकहरुलाई सरकार आफैले खर्च गरेर भएपनि ल्याउनुपर्ने भट्टराईले बताउनुभएको छ । विदेशबाट ल्याइएका सबैको पीसीआर विधिबाट परिक्षण गर्न र मापदण्ड अनुसारको क्वारेन्टिनमा राख्न पनि काँग्रेसले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू