अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१८ | Colorodo: 15:33

पोखराको क्षेत्रीय अस्पतालको आइसोलेसनमा ३ जना कोरोना संक्रमितको उपचार हुँदै

बिआरटीनेपाल २०७७ जेठ २४ गते ६:४६ मा प्रकाशित

कास्कीमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखा परेका ३ जनालाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान ( पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ) भर्ना गरिएको छ । सरकारले कोरोना उपचारका लागि डेडिकेटेड अस्पताल तोकेको क्षेत्रीय अस्पतालमा रुपा गाउँपालिकाका २ पुरुष र पोखराका १ गरी ३ पुरुष आइसोलेसनमा भर्ना भएका छन् ।

रुपा गाउँको क्वारेन्टाइनमा बसेका २३ र ३२ वर्षका पुरुष र पोखरा महानगरको लेकसिटी हस्पिटलमा क्वारेन्टाइन बसेका ५९ वर्षका पुरुष आइसोलेसनमा भर्ना भएको क्षेत्रीय अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ। अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार संक्रमित तीनै जनाको स्वास्थ्य सामान्य छ । कास्कीमा कोरोना भाइरस संक्रमितको संख्या ४ जना पुगेको छ ।

यसैबीच, १५ जेठमा क्षेत्रीय अस्पतालमा भर्ना भएकी स्याङ्जाकी संक्रमित भने शनिबार जिल्ला फर्किएकी छन्। उनलाई भीरकोट नगरपालिकाको हेलुबजारस्थित कालिका सामुदायिक अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू