अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८ | Colorodo: 05:03

अल–कायदाका उत्तर अफ्रिका प्रमुख मारिएको फ्रान्सको दावी

बिआरटीनेपाल २०७७ जेठ २३ गते २२:०० मा प्रकाशित

बिद्रोही संगठन अल–कायदाका उत्तर अफ्रिकी नेता अब्देलमालेक ड्रोउकदेल मारिएको फ्रान्सले बताएको छ । आफ्ना सैनिकले मालीमा गरेको कारवाही अभियानको क्रममा उनी मारिएको फ्रान्सको भनाई छ। मालीको उत्तरमा बुधबार भएको कारवाही अभियानको क्रममा अब्देलमालेकसँग उनको निकट सर्कलका नेताहरु मारिएको फ्रान्सको रक्षा मन्त्रालयले जनाएको छ ।

यस्तै गएको मे मा भएको सुरक्षा अपरेशनको क्रममा फ्रान्सेली सेनाले इस्लामिक स्टेटका एक शीर्ष नेतालाई पनि पक्राउ गरेको मन्त्रालयको बताएको छ । पक्राउ पर्ने आइएस नेताको नाम मोहम्मद मराबत रहेको जनाइएको छ । मालीमा फ्रान्सेली सेनाले बिद्रोही विरुद्ध त्यहाँको सेनासँग मिलेर कारवाही अभियान चलाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू