अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 03:09

सुदुरपश्चिम प्रदेशमा ५ दिन सम्म स्वाब संकलन नगर्न निर्देशन

बिआरटीनेपाल २०७७ जेठ २३ गते २१:५९ मा प्रकाशित

संक्रमितको सङ्ख्या बढिरहेकै अवस्थामा सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले प्रदेशका ९ वटै जिल्लामा ५ दिनसम्म स्वाब संकलन नगर्न निर्देशन जारी गरेको छ । आज एक सूचना जारी गर्दै स्वास्थ्य निर्देशक गुणराज अवस्थीले स्वाब संकलन नगर्न ९ वटै जिल्लालाई निर्देशन दिनुभभएको हो ।

कोरोना परीक्षण गर्ने उपकरणको अभाव भएको भन्दै तत्काल ५ दिनसम्मको लागि स्वाब संकलन नगर्न परिपत्र गरिएको निर्देशक अवस्थीले बताउनुभयो । संक्रमण बढिरहेको अवस्थामा परीक्षणको दायरा बढाउनु पर्ने बेला स्वाब संकलन बन्द हुँदा सुदूरपश्चिममा संकट थप बढ्न सक्ने भन्दै नागरिकहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू