अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

अमेरिकी डिभी चिठ्ठाको नतिजा आज सार्वजनिक हुने

बिआरटीनेपाल २०७७ जेठ २३ गते २१:५८ मा प्रकाशित

सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको को नतिजा आज(शनिबार) राति सार्वजनिक हुँदैछ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीट मार्फत आज जेठ २४ गते शनिबार नेपाली समयअनुसार राति ९ः४५ बजेपछि डिभी नतिजा सार्वजनिक हुने जानकारी दिएको हो ।

डिभीको नतिजा    https://dvprogram.state.gov   मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिनेछ ।

यदि नम्बर बिर्सेको खण्डमा पनि Forgot Confirmation Number      मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ । गत मे ५ तारिकमा हुनुपर्ने डिभीको नतिजा कोरोना कहरका कारण एक महिनापछि (जुन ६) मा सारिएको थियो ।

दूतावासले डिभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने दूतावासले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू