अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३३ | Colorodo: 20:48

मौसममा बदलाव – आज पनि देशैभरि हल्कादेखि मध्यम वर्षा हुने

बिआरटीनेपाल २०७७ जेठ २३ गते २१:५६ मा प्रकाशित

केही दिनयता नेपालमा निरन्तर वर्षा भइरहेको छ । स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा बनेको “निसर्ग” चक्रवात कमजोर भई बनेको न्युन चापीय वायुको प्रभाव रहेकोले नेपालमा चिसो बढ्नुका साथै झरी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा वर्षा भइरहेको छ । प्रदेश १, गण्डकी प्रदेश, सु.प प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ भने प्रदेश ५ र प्रदेश २ का थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

शनिबार दिउँसो पनि अधिकांश ठाउँमा वर्षा भइरहनेछ । प्रदेश १ र २ तथा बागमती प्रदेशमा पूर्ण बदली तथा गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ मा सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ । प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पनि प्रदेश १ र बागमती प्रदेशमा पूर्ण बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहने जनाइएको छ । प्रदेश १ र बागमती प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ समेत पर्ने तथा उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू