अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२४ | Colorodo: 01:39

शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै अमेरिकी राष्ट्रपतिबिरुद्ध मुद्दा

बिआरटीनेपाल २०७७ जेठ २३ गते ६:५६ मा प्रकाशित

मानव अधिकारवादी समूहले ह्वाइट हाउस अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दा बल प्रयोग गरेको भन्दै राष्ट्रपति डोनल्ड ट्रम्पमाथि मुद्दा दायर गर्ने भएका छन् । जर्ज फ्लोइडको हत्याको विरोध गर्दै ह्वाइट हाउस अगाडि हजारौँले प्रदर्शन गरेका थिए । ’द गार्जियन’का अनुसार अधिकारवादी समूहले राष्ट्रपति ट्रम्प र ह्वाइट हाउसका अधिकारीहरुलाई संवैधानिक हकको हनन गरेको आरोप लगाएका छन् । जब कि, अमेरिकी संविधानले त्यस क्षेत्रमा शान्तिपूर्ण रुपमा धर्ना र प्रदर्शन गर्न छुट दिन्छ ।

तर शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका नागरिकहरुमाथि टियर ग्यास तथा रबरका गोली चलाइएको थियो । कोलम्बियास्थित ‘अमेरिकन सिभिल लिबर्टीज युनियन’ ले मुद्दा दायर गरेको छ ।

‘प्रदर्शनकारीमाथि राष्ट्रपतिको निर्लज्ज, असंवैधानिक, अव्यवस्थित र स्पष्ट अपराधिक आक्रमण भएको छ, उनीहरुको बिचारसँग उनी असहमत छन्,’ युनियनका कानुनी निर्देशक स्कट माइकलम्यानले भनेका छन् ।

मुद्दामा महान्यायाधीवक्ता विलियम बेरको नाम समेत छ । जर्ज फ्लोइडलाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेपछि अमेरिकामा देशव्यापी आन्दोलन हुन थालेको हो ।
– एपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू