अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३९ | Colorodo: 12:54

दैलेखका २ नगरपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी

बिआरटीनेपाल २०७७ जेठ २३ गते ६:५४ मा प्रकाशित

कोरोना संक्रमण बढेको भन्दै दैलेख प्रशासनले आज साँझ ६ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । दैलेखमा हालसम्म २ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने एकजनाको मृत्यु भएको छ ।

प्रशासनले अर्को आदेश नआन्जेलसम्मका लागि राजपत्रमा उल्लेख भएका अत्यावश्यक सेवा बाहेकका काम नगर्न आदेश दिएको छ । निषेधाज्ञा सदरमुकाम नारायण नगरपालिका र दूल्लु नगरपालिका आसपासका क्षेत्रमा लागू गरिएको छ ।

यी दुई नगरपालिका बाहिर भने लकडाउनको अवस्था नै रहनेपनि जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू