अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१५ | Colorodo: 17:30

कोभिड–१९ का कारण विश्वभर ३ लाख ९३ हजार ६ सय ७७ को मृत्यु, ६७ लाख २८ हजार ५ सय ३७ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ २३ गते ६:४९ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ९३ हजार ६ सय ७७ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ६७ लाख २८ हजार ५ सय ३७ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ३२ लाख ७१ हजार १ सय २१ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५५ हजार ४ सय ७८ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख १० हजार २ सय १०, इटालीमा ३३ हजार ६ सय ८९ , स्पेनमा २७ हजार १ सय ३३ , फ्रान्समा २९ हजार ६५ , बेलायतमा ३९ हजार ९ सय ४ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार १ सय ३४, जर्मनीमा ८ हजार ७ सय ३६ , बेल्जियममा ९ हजार ५ सय ६६, ब्राजिलमा ३४ हजार ३९, रसियामा ५ हजार ५ सय २८ र क्यानडामा ७ हजार ६ सय ३७ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ६ हजार ३ सय ६७ , पाकिस्तानमा १ हजार ८ सय ३८ , बंगलादेशमा ८ सय ११ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ३ सय ९ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ७ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ४८ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू