अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१३ | Colorodo: 14:28

लकडाउको ७५ औं दिन, सडकमा सवारी साधन र मानिसको चाप बढ्न थाल्यो

बिआरटीनेपाल २०७७ जेठ २३ गते ६:४३ मा प्रकाशित

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउको आज ७५ औं  दिन पुगेको छ । सरकारले गत चैत ११ गते यता कोरोना रोकथामका लागि लकडाउन गर्दै आएको छ । पछिल्लो पटक जेठ ३२ गते सम्मका लागि लकडाउन लम्ब्याईएको छ । सरकारले लकडाउन लम्ब्याउँदै जाने र कोरोना संक्रमणको जोखिम पनि बढ्दै जाने भएकाले आर्थिक जीवनमा असर परेको भन्दै मानिसहरु काममा निस्किएका छन् । जसका कारण सडकमा सवारी साधनको चाप बढेको छ ।

शुक्रबार देशका बिभिन्न ठाउमा सवारी साधनको आवागमन बढेको देखिएको छ । साना व्यवसायीहरुले पसल खोलेका छन् । त्यसैले पनि मानिसहरुको आवागमन बढ्दा मुख्य सडकहरुमा सवारी साधनको चाप बढेको छ । प्रहरीले सवारी साधनको जाँचलाई केही खुकुलो बनाएको छ । अत्यावश्यक सेवा, ढुवानी सेवा, पासवाहक सवारी साधन बाहेक पनि सरकारी कर्मचारी, बैंकका तथा उद्योग प्रतिस्ठानका कर्मचारी, व्यवसायीलाई परिचय पत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ । कुनैपनि कार्यालयको परिचयपत्र नलिई सवारी साधन चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।

निजी क्षेत्र तथा विज्ञहरुले पनि लकडाउनको ढाँचा परिवर्तन गरी जनजीवनलाई सहज बनाउन सुझाव दिदै आएका छन् । विश्वमै सबैभन्दा लामो लकडाउन नेपालमा गरिएको र संक्रमणको दर रोक्न नसकिएकोले लकडाउनको मोडालिटी परिवर्तन गर्न जनजीवन सहज बनाउनुपर्ने सुझाव विज्ञहरुले दिदै आएका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण नियन्त्रणका लागि चिनले पनि ७४ दिन पछि लकडाउन खोलेको थियो । तर नेपालमा भने लकडाउनको ७५ औं  दिन पुग्दा पनि संक्रमणको दर झनै बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू