अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

स्वास्थ्य मन्त्रालयद्धारा कोभिड–१९ परीक्षणको नयाँ निर्देशिका तयार

बिआरटीनेपाल २०७७ जेठ २३ गते ६:४२ मा प्रकाशित

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नयाँ निर्देशिका तयार गरेको छ । क्वारेन्टाइनमा बस्नेको संख्या अप्रत्याशित बढेको र प्रयोगशालामा धेरै नमुना थन्किएका कारण सरकारले नयाँ परीक्षण निर्देशिका ल्याएको हो । नयाँ परीक्षण निर्देशिकाले तीन वटा प्राथमिकता समूह छुट्याएको छ ।

पहिलो प्राथमिकता समूहमा संक्रमण फैलिएको समुदाय, आइसोलेसनमा बसेका ब्यक्तिहरु र संक्रमितसँगको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु हुनेछन् । यो समूहमा परेका मानिसहरुको छिटो स्वाब संकलन गरी दू्रत परीक्षण र पिपिआर परीक्षण गरिनेछ ।

दोस्रो प्राथमिकतामा परेका समूहमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दीर्घरोग भएका बिरामीहरु र अस्पतालमा काम गर्ने एम्बुलेन्स चालक र अन्य स्टाफहरुरहनेछन् । त्यसैगरी तेस्रो प्राथमिकतामा लक्षण भएका तर माथिका प्राथमिकता समूहमा नपरेका ब्यक्तिहरु पर्नेछन् । त्यसैगरी कुनै लक्षण, ट्राभल हिस्ट्री नभएको र आफै परीक्षण गराउन पुग्नेहरु टेस्टिङ प्राथमिकतामा पर्ने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू