अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम पुनः सुचारु

बिआरटीनेपाल २०७७ जेठ २२ गते २२:२४ मा प्रकाशित

चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम पुनः सुचारु भएको छ । कोरोना भाइरसको महामारीका कारण एक महिना स्थगित भएको काम अहिले सामाजिक दूरी कायम राख्दै पुनःशुरु भएको जनाइएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको क्रिकेट रंगशाला २ वर्ष भित्र तयार हुने लक्ष्य लिएको थियो । तर, शुरुमै भएको काममा अबरोध र पछि कोरोना जोखिमका कारण लगाइएको लकडाउनका कारण निर्माण समयमा भने पुरा नहुने अवस्था आएको छ ।

अहिले दैनिक १५–२० जना कामदार रंगशाला निर्माणका लागि खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू