अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४५ | Colorodo: 13:00

अक्सफोर्ड विश्वविद्यालयले कोरोना बिरुद्धको नयाँ खोपको परीक्षण ब्राजिलमा गर्ने

बिआरटीनेपाल २०७७ जेठ २२ गते २२:२४ मा प्रकाशित

यूनिभर्सिटी अफ अक्सफोर्डले कोरोना संक्रमणको रोकथामका लागि विकास गरेको नयाँ खोपको परीक्षण ब्राजिलमा गर्ने भएको छ । मध्य जूनदेखि ब्राजिलमा नयाँ विकास गरिएको खोपको परीक्षण सुरु गरिने बीबीसीले लेखेको छ ।

यो साता अस्पतालमा भर्ना गरिने दुई हजार स्वयंसेवकमाथि खोपको परीक्षण गरिनेछ । यूनिभर्सिटी अफ साओ पाउलोका अनुसार १८ देखि ५५ वर्ष उमेर समुहका स्वयंसेवकलाई खोप परीक्षणमा समावेश गराइने छ ।

पछिल्लो समय कोरोना भाइरसको केन्द्रबिन्दु बनेकोले ल्याटिन अमेरिकी मुलुक ब्राजिलमा खोपको परीक्षण गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू