अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

दयाराम दाहाल चलचित्र विकास बोर्डको नयाँ अध्यक्ष

बिआरटीनेपाल २०७७ जेठ २२ गते २२:२२ मा प्रकाशित

सरकारले दयाराम दाहाललाई चलचित्र विकास बोर्डको नयाँ अध्यक्ष बनाउने भएको छ । मन्त्री परिषद्को बिहीवारको बैठकले उहाँलाई नयाँ अध्यक्ष बनाउने घोषणा गरेको हो। दाहाल चलचित्र विकास बोर्डका सदस्य तथा चलचित्र लेखक, निर्देशक तथा गीतकार हुनुहुन्छ ।

विकास बोर्डका पूर्व अध्यक्ष केशव भट्टराईको आकस्मिक निधनपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो। रिक्त पदमा अध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका थिए। दाहाल सहित जम्मा तीन जनाको नाम मात्र मन्त्री परिषदमा पुगेको थियो। जसमा अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापा र दाहालको नाम सिफारिश भएको थियो।

काभ्रे पलाञ्चोकमा जन्मिएका दाहालले स्नातकसम्मको अध्ययन गर्नुभएको छ । दाहाल साहित्यमा पनि आवद्ध हुनुहुन्छ । उहाँद्वारा लिखित ‘शब्द संग्राम’ कविता, ‘समाधि’ कथा संग्रह प्रकाशन भईसकेको छ भने उपन्यास ‘कालो आकाश’ र ‘दियो मुनिको अध्यारो’ गीत गजल संकलन प्रकाशनको प्रक्रियामा रहेको छ।

दाहालले ठूल्दाई, तँ त सारै बिग्रीस नि बद«ी, दशगजा, नेपाल तथा म तिमी बिना मरिहाल्छु चलचित्रमा काम गरेबापत राष्ट्रिय पुरस्कारबाट सम्मानित भईसक्नुभएको छ । गीत, गजल लेख्ने दाहालले गीतमा स्वरहरु पनि दिंदै आउनुभएको छ ।

प्रतिक्रिया