अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

तरकारी नष्ट गर्नेलाइ कारबाही गर्न सरकारलाइ संसदीय समितिको निर्देशन

बिआरटीनेपाल २०७७ जेठ २२ गते २२:२० मा प्रकाशित

किसानको उत्पादनबाट कोरोना फैलिन्छ भनेर अनधिकृत रूपमा तरकारी नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले कानून हातमा लिएर किसानको उत्पादन नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

केही समय पहिले पोखरा, कपिलवस्तु लगायतका जिल्लामा वडाअध्यक्षकै अगुवाइमा किसानको तरकारी नष्ट गरिएका समाचार सार्वजनिक भएका थिए । उनीहरूले कुनै वैज्ञानिक आधारबिना तरकारी नष्ट गरेकोमा व्यापक आलोचना भएको थियो ।

समितिले उक्त कार्यप्रति गम्भीर आपत्ति जनाउँदै कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति पूर्णाकुमारी सुबेदीले जानकारी दिनुभयो । गृह मन्त्रालयले यसअघि नै तरकारी नष्ट नगर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू