अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४९ | Colorodo: 01:04

कस्तो हो यो मन ?

युवराज मैनाली २०७७ जेठ २२ गते १३:३२ मा प्रकाशित

चकचके बाँदरजस्तै
एकै छिन स्थिर नरहने
चलिरहने हावा हो कि — यो मन ?
उडिरहने चरा हो कि — यो मन ?
दौडिरहने बादल हो कि — यो मन ?
हुत्तिरहने हुरी हो कि — यो मन ?
बगिरहने खोला हो कि — यो मन ?
लगामविनाको घोडा हो कि — यो मन ?
धागोविनाको चङ्गा हो कि — यो मन ?
विश्राम कहिल्यै कतै नलिने
कस्तो यात्री हो — यो मन ?
पिरैपिरको डोको बोकिरहने !
नानाथरी धोको बोकिरहने !
हर्षले खित्का बोकिरहने !
शोकले सुर्ता बोकिरहने !
लोभैलोभको पोको बोकिरहने !
तृष्णैतृष्णाको डोको बोकिरहने !
स्वार्थैस्वार्थको जालो बोकिरहने !
इष्र्यैइष्र्या को आगो बोकिरहने !
कस्तो भरिया हो — यो मन ?
क्षणभरमै
आकाश छुन्छ
पाताल चुम्छ
सागर पुग्दा नपुग्दै
चन्द्र र मङ्गलमा पखेटा चाल्छ
ज्ञान जप्छ
विज्ञान कल्पन्छ
दृश्यमा छैन
आकारमा देखिँदैन
तारैतारभित्रको
कस्तो बिजुली हो — यो मन ?
बिपना मात्रले नपुगेर
सपनामै पनि बर्बराउँछ
मपाइँत्वको महिमा गाएर
कहिल्यै नथाक्ने
सध¹को भोको र असन्तोषी
यो मन —
को भन्न सक्छ ?
कुन परिकार जुटेपछि
टन्न अघाउँछ ?
मनको थैली बनाई
त्यसमा सुटुक्क जहर हाली
मान्छे नामको आकारलाई
ओठले शान्ति जप्न लगाई
उसलाई खेलौनाका रूपमा
हातमा तरबार उपहार दिएर
धर्तीमा पठाउने
त्यो जादुगरी विधाता को होला ?
***

धुम्बाराही , काठमाडौँ ।