अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०४ | Colorodo: 03:19

उत्तर कोरियामा प्राथमिक बिद्यालयहरु खुलाईयो

बिआरटीनेपाल २०७७ जेठ २२ गते ७:१८ मा प्रकाशित

उत्तर कोरियामा प्राथमिक बिद्यालयहरु खोल्न शुरु गरिएको छ । बालबालिकाहरु कक्षा कोठामा फर्किन थालेका छन् । उत्तर कोरियामा शिक्षा सत्र अप्रिलबाट सुरू हुन्छ । तर यो कोरोना भाइरस संक्रमणको कारण स्थगित भएको थियो ।

उत्तर कोरियाले छिमेकी चीनमा कोरोना भाइरसको घटना भएपछि बाहिरका मानिसहरूलाई प्रतिबन्ध लगाएको थियो र सबै सीमाहरु सिल गरिएको थियो । उत्तर कोरिया लकडाउन कार्यान्वयन नगर्ने संसारकै पहिलो देश पनि हो । उत्तर कोरियाले कोरोना संक्रमणको एक मात्र केसको पुष्टि गरेको छैन ।

यद्यपि विज्ञहरूले उत्तर कोरियाको यो दाबीमाथि प्रश्न उठाइरहेका छन् । विज्ञहरूको भनाई अनुसार यो भाइरस उत्तर कोरियामा फैलियो भने देशको कमजोर स्वास्थ्य सेवाले यसलाई सम्हाल्न नसक्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू