अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले बैठक र भ्रमण भत्ता नलिने

बिआरटीनेपाल २०७७ जेठ २२ गते ७:२२ मा प्रकाशित

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि २०७७ चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने बताउनुभएको छ । संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा बिहीबार सो सम्बन्धी पत्र लेख्दै उहाँले राष्ट्रियसभाको बैठकभत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा भत्ता नलिने जानकारी गराउनुभएको छ ।

पत्रमा तिमिल्सिनाले मुलुक कोरोना भाइरस सङ्क्रमणको महामारीविरुद्ध लडिरहेको बेला सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने सरकारको निर्णयसँगै आफूले बैठकभत्ता र भ्रमणभत्ता नलिने उल्लेख गर्नुभएको छ । उक्त भत्ता सरकारको राजश्व खातामा जम्मा गरिदिनसमेत उहाँ पत्रमार्फत अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू