अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

लकडाउनकै बीच देशका बिभिन्न स्थानमा पसलहरु खुले

बिआरटीनेपाल २०७७ जेठ २२ गते ७:१५ मा प्रकाशित

लकडाउनका बीच आजदेखि देशका बिभिन्न शहरमा अधिकांश पसलहरु खुलेका छन् । सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन लम्बिदै गएपछि पसल व्यवसाय गर्ने व्यवसायीहरुले बिहीबारदेखि पसल खोल्न थालेका हुन् ।

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले संगठनको निर्णयअनूसार समाजिक दूरी कायम गर्दै बिहान ८ बजे देखि ११ बजे सम्म पसल सञ्चालन गरिएको बताउनुभएको छ ।

कटुवालले पसलहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको मापदण्डअनुसार सुरक्षा सतर्कता अपनाइएको बताउनुभयो । कतिपय स्थानमा व्यवसायीहरुले ग्राहकको ज्वरो जाँच गर्ने तथा स्यानिटाइजरले हात धुन लगाएर मात्र पसलमा प्रवेश गराएका छन् ।

सरकारलाई कर तिर्न, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकोले पसल खुल्ला गर्नुपरेको ब्यवसायीहरुको भनाई छ । पोखरा, काठमाण्डौं लगायतका स्थानमा फेन्सी, ग्रोसरी, इलेक्ट्रोनिक पसलहरु खुलेका छन् । अव क्रमशः सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार लगायतका मुख्य व्यापारिक केन्द्रहरु सञ्चालनमा ल्याउने महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू