अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ सहितका ६ जनाको सरुवा

बिआरटीनेपाल २०७७ जेठ २२ गते ७:०६ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई मन्त्रालयमा तानेको छ । आज स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित ६ जनाको जिम्मेवारी हेरफेर गरेको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार डा.दीपेन्द्ररमण सिंहलाई विभागको नयाँ महानिर्देशकको जिम्मेवारी दिइएको छ । व्यवस्थापन महाशाखाको निर्देशकमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा.रमेश खरेललाई लगिएको छ । मन्त्रालयले परोपकार प्रसुती गृह थापाथलीका निर्देशक डा. जागेश्वर गौतमलाई पनि मन्त्रालयमा सरुवा गरेको छ । उहाँको ठाउँमा डा. संगीता कौशललाई लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू