अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

थप १ लाख ५० हजार थान द्रुत परिक्षण किट खरिद गर्ने सरकारको निर्णय

बिआरटीनेपाल २०७७ जेठ २२ गते ७:०५ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १ लाख ५० हजार थान द्रुत परिक्षण किट आरडीटी खरिद गर्ने निर्णय गरेको छ । मन्त्रालय अन्तरगतको कोभिड–१९ इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोभिड–१९ को परीक्षण थप बढाउनुपर्ने भन्दै थप १ लाख ५० हजार थान द्रुत परिक्षण किट खरिद गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

विभागले यसैसाता १ लाख २१ थान आरडीटी किट खरीद गरी सातवटै प्रदेशमा पठाएको छ । त्यो भन्दा अघि पनि मन्त्रालयले अर्को १ लाख २५ हजार थान आरडिटी किट खरिद गरेको थियो । त्यसअघि ओम्नी कम्पनीले ७५ हजार थान किट किनेर ल्याएको थियो ।

जनस्वास्थ्य वैज्ञानिकहरुले कोरोना संक्रमण भएको छ या छैन भन्नलाई द्रुत परिक्षण विधिको परीक्षणले थाहा नपाउने भएकाले प्रयोग नगर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू