अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

चीनसँगको हवाइ यात्रामा प्रतिवन्ध लगाउने अमेरिकाको चेतावनी

बिआरटीनेपाल २०७७ जेठ २१ गते २२:०९ मा प्रकाशित

अमेरिकाले यही जुन १६ देखि चीनसँगको हवाइ यात्रामा प्रतिवन्ध लगाउने चेतावनी दिएको छ । दुई देशबीच पछिल्लो समय बढ्दै गएको तनावका कारण अमेरिकाले चीनबाट हवाई यात्रामा रोक लगाउने चेतावनी दिएको हो । अमेरिकाले बेइजिङको व्यवहारका कारण चीनका हवाइ उडानमा प्रतिवन्ध लगाउनु परेको स्पष्ट पारेको छ ।

अमेरिकी यातायात कार्यालयका अनुसार लगायतार अमेरिका उडान भरिरहेका एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स र हेनान् एयरलाइन्सलाई अमेरिकामा उडानमा प्रतिबन्धको तयारी गरेको बीबीसीले जनाएको छ ।

पछिल्ला केही दिनयता कोरोनाको संक्रमण नियन्त्रणमा विश्व स्वास्थ्य संगठन चीनको कठपुतली भएको अमेरिकी आरोप र हङकङको स्वायत्तताको विषयमा अमेरिकाले चीनमाथि लगाएका आरोपका कारण दुवै देशबीचको सम्बन्ध बिग्रिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू