अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

गण्डकी प्रदेशमा थपिए १६ जना कोरोना संक्रमित, बाग्लुङमा १०, पर्वतमा ४, स्याङजा र म्याग्दीमा एक/एक जनामा सङ्क्रमण

बिआरटीनेपाल २०७७ जेठ २१ गते २२:०७ मा प्रकाशित

गण्डकी प्रदेशका बाग्लुङ, पर्वत, स्याङजा र म्याग्दी जिल्लामा थप १६ जना कोरोना संक्रमित थपिएका छन् । आज बाग्लुङमा १०, पर्वतमा ४, स्याङजा र म्याग्दीमा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित हुनेमा बाग्लुङको निसीखोला गाउँपालिकाका वर्र्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला, बाग्लुङको बडीगाड गाउँपालिकाका बर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुष गरि बाग्लुङ जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशक तथा प्रवक्ता बिनोदबिन्दु शर्माका अनुसार पर्वतको फलेबास नगरपालिकाका बर्ष २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्जा जिल्ला, कालीगण्डकी गाउँपालिकाका बर्ष १८ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

म्याग्दीको मंगला गाउँपालिकाका वर्ष १९ का १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको डा. शर्माले जानकारी दिनुभएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू