अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

आजबाट सबै किसिमका पसल नियमित खोल्ने निर्णय

बिआरटीनेपाल २०७७ जेठ २१ गते २२:०४ मा प्रकाशित

व्यवसायीहरुले आजबाट बिहान ११ बजेसम्म नियमित रुपमा पसल खोल्ने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहान ११ बजेसम्म सबै किसिमका पसल खोल्ने निर्णय गरेको हो ।

महासंघको पछिल्लो पटक बसेको बैठकले जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको अध्यक्ष नरेश कटवाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उपत्यका भित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु सञ्चालनमा आउने विज्ञप्तिमा उल्लेख छ ।

खुलेका पसलमा सरकारले वल प्रयोग गरी बन्द गराएमा भाडा, बैंकको ब्याज, कर तथा कर्मचारीको तलबभत्तासमेत उपलब्ध नगराउने महासंघले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू