अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

मन्त्रीपरिषद् बैठक– लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल, ठोस निर्णय हुन सकेन

बिआरटीनेपाल २०७७ जेठ २१ गते २१:५९ मा प्रकाशित

कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्न बसेको नेपाल सरकार मन्त्रीपरिषद्को बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा कोरोना संक्रमण, यसले पारेका प्रभाव तथा विद्यामान लकडाउनबारे छलफल भएपनि कुनै ठोस निर्णय भने नभएको बताईएको छ ।

प्रधानमन्त्रीले बुधवार विज्ञहरुसँग गर्नुभएकोे छलफलमा पनि मोडालिटी परिवर्तनको सुझाव आएको र उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेकाले आजको बैठकले लकडाउन मोडालिटीमा हेरफेर गर्नसक्ने गरी निर्णय लिने बताईएको थियो ।

सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ । चैत ११ यता लगातारको लकडाउनले मानिसहरुको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सर्वसाधारणको माग र विज्ञहरुको सुझाव रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू