अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

विश्व बैंकद्धारा नेपालका लागि १२ अर्ब रुपैयाँ ऋण सहायता स्वीकृत

बिआरटीनेपाल २०७७ जेठ २१ गते ७:१६ मा प्रकाशित

विश्व बैंकले नेपालका लागि १० करोड अमेरिकी डलर अर्थात करीव १२ अर्ब रुपैयाँ ऋण सहायता स्वीकृत गरेको छ । कोभिड १९ को प्रभाव न्यूनिकरण तथा विद्यूत क्षेत्रको सुधारमा लागि यो रकम खर्च गरिने भएको छ । विश्व बैंकले आज दिएको जानकारीअनुसार नेपालले पाउने ऋण सहायता स्वीकृत भएको हो । बोर्डको बैठकबाट ऋण सहायता स्वीकृत भएको विश्व बैंकले उल्लेख गरेको छ ।

यो रकम डेभलपमेन्ट पोलिसी क्रेडिट (डीपीसी) अन्तर्गत प्राप्त भएको हो । खासगरी नेपाल विद्युत प्राधिकरणको वित्तीय क्षमता अभिवृद्धिमा विश्व बैंकले लगानी गर्ने भएको छ । विद्युत् क्षेत्रमा थप आर्थिक सम्भाब्यताको खोजी गर्न गर्नुपर्ने नीतिगत, नियमन र संस्थागत सुधारमा विश्व बैंकको सहायता उपयोग हुने बैंकले जनाएको छ ।

प्राधिकरणको पुर्नसंरचना गरी संघीयता अनुसार बलियो संस्थामा रुपान्तरण गर्न र त्यहाँबाट विद्यूत क्षेत्रको अधिकतम सम्भावनाको खोजी गर्ने समेत बैंकले उल्लेख गरेको छ । संकट अगाडी र पछाडिसमेत निरन्तर लाभ प्राप्त गर्न विद्यूत क्षेत्रमा सुधारको आवश्यकता रहेको भन्दै यसले लगानीका प्राथमिकता निश्चित गर्न समेत सहयोग पुग्ने विश्व बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू