अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

कोरोनाको लक्षण नेखिएमा सङ्क्रमित घरमा नै बस्न पाउने

बिआरटीनेपाल २०७७ जेठ २१ गते ७:१५ मा प्रकाशित

अब लक्षण नदेखिएका र कम देखिएका कोरोना भाइरस कोभिड–१९ का संक्रमित घरमै आइसोलेसनमा बस्न पाउँने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम अर्थात घरकै आइसोलेसनका लागि मापदण्ड बनाएको छ । यसअनुसार अब कसैको कोरोना परीक्षण नजिता पोजेटिभ आएमा लक्षण नभएका वा हल्का लक्षण भएमा घरमा नै बस्न पाइने छ ।

यसका लागि पालना गर्नुपर्ने सर्तहरु भने छन् । हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठा राख्ने, उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक सामग्री परिवारका सदस्यहरु मार्फत मगाउने, खानपिनमा सावधानी, दिनमा तीन पटक ज्वरो जाँच गर्ने लगायत सर्त भने पालना गर्नुपर्छ ।

यसरी आइसोलेनमा बसेकाहरु मध्ये लक्षण नदेखिएकाहरु १४ दिनपछि छुट्नेछन् भने हल्का लक्षण देखिएकाहरु १४ दिनपछि लक्षण निको भएको तीन दिनपछि आइसोलेसननबाट निस्कन सक्नेछन् । यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रमाणीकरण गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू