अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

नेपालले कसैको उक्साहटमा नयाँ नक्सा जारी गर्यो– भारतीय रक्षा मन्त्री राजनाथ सिंह

बिआरटीनेपाल २०७७ जेठ २१ गते ७:११ मा प्रकाशित

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपालले अरु कसैको उक्साहटमा नयाँ नक्सा जारी गरेको बताउनुभएको छ । भारतीय टेलिभिजन च्यानल जी न्युजलाई दिएको अन्तर्वार्तामा रक्षा मन्त्री सिंहले नेपालले नक्सा सार्वजनिक गर्नुका पछाडि अरू कसैको हात रहेको आरोप लगाउनुभयो ।

यसअघि गत जेठ २ गते भारतीय प्रधान सेनापति मनोज मुकुन्द नरवाणेले पनि चीनलाई संकेत गर्दै नेपालले अरूकै उक्साहटमा लिपुलेक सडकको विरोध गरेको बताएका थिए। रक्षामन्त्री सिंहले नेपालले नक्सा जारी गर्नुको कारणबारे आफूले कसैलाई आरोपित नगर्ने बताएपनि त्यसमा अरू कसैको भूमिका रहेको हुनसक्ने आशंका गर्नुभएको हो ।

गत वैशाख २६ गते सिंहले नेपालको कालापानी र लिपुलेकको भूमि हुँदै भारतले बनाएको सडकको उद्घाटन गर्नुभएको थियो । त्यस लगत्तै वैशाख २७ गते नेपालले भारतको उक्त कदमको विरोध गरेको थियो। संसदीय समितिको निर्देशनपछि सरकारले जेठ ७ गते कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू