अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

जातिय छुवाछुत र एमसीसीको बिरोधमा प्रदर्शन

बिआरटीनेपाल २०७७ जेठ २१ गते ७:१० मा प्रकाशित

राजधानीको माईतीघरमा मुलुकमा विद्यमान जातिय छुवाछुत र एमसीसी परियोजनाको बिरोधमा बुधवार पनि प्रदर्शन भएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले दुई महिनाभन्दा बढी समययता निरन्तर देशब्यापी लकडाउन गरिरहेपनि संघीय राजधानीको माइतीघरमा केहीदिन यता निरन्तर प्रदर्शनहरु भइरहेका छन्।

लिपुलेक सिमा विवादका कारण लकडाउनबीच राजधानीमा बल्झिएको प्रदर्शन त्यसयता निरन्तर जारी छ। त्यसयता रुकुम पश्चिममा जातीय छुवाछुतका कारण ६ जनाको ज्यान जाने गरी भएको घटना तथा अमेरिकाले नेपालमा सञ्चालन गर्ने भनेको मिलेनियम कर्पोरेट च्यालेन्ज(एमसिसीको विरोधमा प्रदर्शनहरु भइरहेका छन्। अधिकारकर्मी, अभियानकर्मीसहित विभिन्न संघसंस्था र संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।

लकडाउनको चुनौती मोलेर सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई नियन्त्रणमा लिने र साँझ छाड्ने क्रम निरन्तर चलिरहेको छ । बुधबार पनि माइतीघरमा वैद्य नेतृत्वको माओवादी, विभिन्न बिद्यार्थी संगठन र सुरेन्द्र भण्डारी आबद्ध अभियानले एमसिसीको विरोधमा माइतीघरमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू