अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१४ | Colorodo: 00:29

कोरोनाका अतिसंवेदनशील बिरामीलाई मात्रै अस्पतालमा उपचार – स्वास्थ्यमन्त्री ढकाल

बिआरटीनेपाल २०७७ जेठ २१ गते ७:०७ मा प्रकाशित

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमित अति संवेदनशील बिरामीलाई मात्रै अस्पतालमा उपचार गरिने बताउनुभएको छ । संक्रमण फैलिँदै जाने दर बढेकाले सरकारले अहिलेसम्म अवलम्बन गर्दै आएको नीतिमा परिवर्तन गरी अतिसंवेदनशील बिरामीलाईमात्र अस्पतालमा उपचार गर्ने नीति लिएको उहाँले बताउनुभयो ।

काठमाण्डौंमा आज आयोजित एक कार्यक्रममा मन्त्री ढकालले सामान्य लक्षणसमेत देखा नपरेका संक्रमितहरुलाई क्वारेन्टाइन अथवा आइसोलेसन सेन्टरमा उपचार गर्ने ब्यवस्था मिलाईने जानकारी दिनुभयो ।कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा रहेका बिरामीलाई उपचार गर्न अत्याधुनिक भेन्टिलेटर सेवासहितको उपचारकक्ष आवश्यक पर्छ ।

यसैबीच, अन्तर्राष्ट्रिय बौद्ध संस्था चुजी फाउन्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ३० वटा भेन्टिलेटर सहयोग गरेको छ । कोरोनाभाइरसको संक्रमण भएका बिरामीहरुको उपचारका लागि सहयोग पुर्याउने उद्देश्यसहित फाउन्डेसनले जीवनरक्षक भेन्टिलेटर उपलब्ध गराएको हो

यसबाहेक पीपीई, पञ्जा, गाउन, मास्क, इन्फ्रारेड थर्मोमिटर, सेफ्टी ग्लासलगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएको संस्थाका अध्यक्ष महेश नकर्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू