अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 19:09

गृह मन्त्रालयद्धारा अग्रभागमा खटिएका कर्मचारीको सुरक्षामा प्रभावकारी कदम चाल्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र

बिआरटीनेपाल २०७७ जेठ २१ गते ७:०४ मा प्रकाशित

गृह मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीहरुको सुरक्षामा प्रभावकारी कदम चाल्न मातहतका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । गृहले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)लाई निर्देशन दिएको हो ।

बुधबार अपरान्ह गृह मन्त्रालयले विशेष परिपत्र गर्दै अग्रभागमा खटिएका राष्ट्रसेवक कर्मचारीको मनोवल गिर्ने गरी भएका सबै गतिविधि नियन्त्रण गर्न र यस्ता गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न पनि प्रजिअहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिनुभयो । देशभरका क्वारेन्टाइनमा बसेका व्यक्तिबाट स्वास्थ्यकर्मिमाथि सांघातिक आक्रमणका घटना बढ्न थालेपछि गृहले पछिल्लो कदम चालेको हो ।

क्वारेन्टाइन सुरक्षा व्यवस्थापन र त्यहाँ खटिएका कर्मचारीको सुरक्षामा पनि विशेष रणनीत अपनाउन समेत गृहले स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू