अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

‘तरकारी र फलफूलबाट कोरोना सरेको प्रमाण छैन, नस्ट नगर्नोस’ – स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७७ जेठ २१ गते ७:०२ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तरकारी र फलफूलहरुबाट कोरोनाभाइरस सरेको प्रमाण नभएको जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङमा’ बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न स्थानमा हरियो तरकारी फालिएको सन्दर्भमा ध्यानाकर्षण भएको जनाउँदै यस्तो बताउनुभएको हो । अहिलेसम्म कसैलाई पनि त्यसरी कोरोना सरेको थाहा नभएको भन्दै डा. देवकोटाले तरकारी र फलफूलहरु नस्ट नगर्न अनुरोध गर्नुभयो ।

खाना र खानाको प्याकेटहरु, तरकारीहरु, फलफूलहरुबाट कोभिड–१९ को भाइरस सरेको प्रमाण नरहेको स्पष्ट पार्दै उहाँले अहिलेसम्म सरेको कसैलाई पनि थाहा नभएको र प्रमाणसमेत नरहेको बताउनुभएको हो । तर, तरकारी र फलफूल सुरक्षित तरिकाले सरसफाइ गरी खान भने आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू