अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२६ | Colorodo: 13:41

दुई सहायक वन अधिकृत २ लाख घुससहित रङ्गेहात पक्राउ

बिआरटीनेपाल २०७७ जेठ २० गते २१:३३ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई २ लाख रूपैयाँ घुससहित पक्राउ गरेको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ दुई लाख घुससहित रङ्गेहात पक्राउ गरिएको हो।

उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो। सोहीअनुसार अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एक(एक लाख रूपैयाँ घुस लिँदै गर्दा रङ्गेहात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू