अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

सोती घटनामा हराएका गोविन्द शाहीको शव भेरीमा भेटीयो

बिआरटीनेपाल २०७७ जेठ २० गते २१:२८ मा प्रकाशित

रुकुम पश्चिको सोती घटनामा हराएका भेरी नगरपालिका १२ का गोविन्द शाहीको शब भेटिएको छ । उहाँको शब भेरी नगरपालिकोका फेरा खोदा खोला नजिकै यस भन्दा अघि अन्य ३ जनाको शब भेटिएको क्षेत्र नजिकै भेटिएको हो । भेरी नगरपालिकाको वडा नं १२ को सिमाना स्थित खोदाखोलामा विभत्स तरिकाले मारेर फालेको , आसी , प्रयोग भएको , डोरी प्रयोग भएको , अनुहार विग्रेको अवस्थामा शव भेटिएको मटेलाका स्थानीय एवं नेपाली काँग्रेसका युवा नेता मुक्ती प्रसाद अचार्याले जानकारी दिनु भयो ।

मेटेलाका युवाहरुको पहलमा खोजि कार्य जारी रहेकोमा उनका आफन्त र छिमेकीले मृत अवस्थामा फेला परेको आचार्याले जानकारी दिनु भयो । यो शव भेटिए संगै मृतकको संख्या ६ पुगेको छ । अन्र्तजातिय प्रेमका कारण १० जेठ शनिवारमा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका शाहीको खोजी गर्न स्थानीय सुर्खेत र बर्दियाको सिमाना रानीघाट सम्म पनि पुगेको थियो । सोती घटनामा ज्यान गुमाएका शाही बाहेक सबैको पोष्टमार्टम पछी अन्त्यष्टि भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू