अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

काँग्रेसले संविधान संशोधन विधेयक संसदमा दर्ता गरायो

बिआरटीनेपाल २०७७ जेठ २० गते २१:२७ मा प्रकाशित

प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको छ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको समयमा संसदमा पारित हुन नसकेको विधेयकलाई कांगे्रसले आज गैरसरकारी विधेयकका रुपमा दर्ता गराइएको हो ।

गत शनिबारको केन्द्रीय समितिले गरेको निर्देशनअनुसारसंसदीय दलको बैठक बसेर संशोधन प्रस्ताव संसदमा दर्ता गरिएको हो ।सांसदहरुले पार्टीको निर्णय सहमति अनुसार संविधान संसोधन दर्ता गराएको बताएपनि नेतृत्वले केही बताएको छैन ।

संविधानमा विमति राख्ने दलले भाषा, नागरिकता, प्रदेशको सीमांकन हेरफेर र राष्ट्रिय सभामा प्रतिनिधित्वको मुद्दा उठाएका थिए । २०७४ भदौमा मधेसी दलका माग सम्बोधन गर्नेगरी ल्याइएको प्रस्तावलाई नै फेरि ब्युँताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू