अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०५ | Colorodo: 07:20

श्रम गन्तव्य मुलुकहरुबाट नेपालीहरुलाई स्वदेश फर्काउने तयारी

बिआरटीनेपाल २०७७ जेठ २० गते २१:२६ मा प्रकाशित

सरकारले शुक्रवारदेखि श्रम गन्तव्य मुलुकहरुबाट नेपालीहरुलाई स्वदेश फर्काउने तयारी गरेको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्देशनपछि सरकारले तत्काललाई जुन ५ तारिख अर्थात् यहि शुक्रवारदेखि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरेको हो ।

समितिले पधानमन्त्री कार्यालय, परराष्ट्र, श्रम मन्त्रालयसँग छलफल गरेको थियो । तत्काल ४० हजार श्रमिक स्वदेश फर्किन सक्ने तयारी भएपनि पहिलो चरणमा २५ हजार ल्याउने श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले बताउनुभयो ।

विदेशबाट आएकाहरूलाई विमानस्थलमा सामान्य चेकजाँच गरी रिङरोड आसपासमा स्थापना गरिएको प्रदेशगत होल्डिङ रुमहरुमा उनीहरुलाई राखिने छ । प्रदेश प्रदेशको एक एक वटा होल्डिङ रुम बनाइएको छ । त्यसपछि स्थानिय तह र प्रहरीको सहयोगमा उनीहरुलाई सम्बन्धीत जिल्लाहरुमा पठाइने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू