अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४८ | Colorodo: 12:03

पाकिस्तानमा कोरोनाबाट एक मन्त्रीको मृत्यु

बिआरटीनेपाल २०७७ जेठ २० गते २१:२५ मा प्रकाशित

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ । सिन्ध प्रान्तका मानव संसाधन मन्त्री गुलाम मुर्तजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार मन्त्री बलोचको उपचार कराँचीस्थित एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भइरहेको थियो । मन्त्रीको मृत्युको खबर सिन्ध प्रान्तका मुख्यमन्त्री मुरद अली शाहले शोक व्यक्त गर्दै जानकारी गराउनुभएको हो ।

‘कोरोनाबाट बलोचको निधन भएको छ’, मुख्यमन्त्री शाहले भन्नुभएको छ ्, ‘उहाँ पार्टीका मेहनती र कर्मठ सदस्य हुनुहुन्थ्यो । उहाँको प्रतिस्थापन गर्न कठिन हुनेछ ।’ अक्टोबर २०१८ देखि मन्त्री रहेका बलोचलाई मे १४ मा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।

मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी (पीपीपी)को कराँची अध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँसन् २०१६ मा विधानसभा सदस्य चुनिनुभएको थियो । पीपीपीका अध्यक्ष बिलावल भुट्टो र मुख्यमन्त्री मुरादले मुर्तुजाको निधनप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू