अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०५ | Colorodo: 01:20

लकडाउन थपिँदा करको ताकेता, जेठ २५ भित्र नबुझाए जरिवाना

बिआरटीनेपाल २०७७ जेठ २० गते ६:२५ मा प्रकाशित

सरकारले करदातालाई ताकेता शुरु गरेको छ । लकडाउनका कारण कर तिर्ने म्याद २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु गरेको हो । आन्तरिक राजस्व विभागले मंगलबार सूचना जारी गर्दै जेठ २५ गतेभित्र कर र कर विवरण बुझाउन भनेको छ । विभागले सूचनामार्फत जेठ २५ गतेसम्ममा कर तथा कर विवरण नबुझाएमा शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने बताएको छ ।

नेपाल सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताले आवधिकरुपमा बुझाउनु पर्ने कर विवरण, आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद थप गरेको थियो । त्यही निर्णय अनुसार विभागले कर विवरण र कर तिर्न सूचना जारी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू