अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५८ | Colorodo: 00:13

अतिक्रमित भूमि फिर्ताको मागसहित डा. गोविन्द केसीद्धारा अनसन सुरु

बिआरटीनेपाल २०७७ जेठ २० गते ६:२१ मा प्रकाशित

चिकित्सा शिक्षा सुधारका लागि अनसन बस्दै आउनुभएका डा. गोविन्द केसीले आजदेखी १८ आंै अनसन सुरु गर्नुभएको छ । दार्चुला सदरमुकाम खलंगाको जगन्नाथ मन्दिरमा उहाँले दुइ दिने अनसन सुरु गर्नुभएको हो ।

यसअघि चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बस्दै आउनुभएका डा. केसीले यसपटक भने सीमा सुरक्षाको विषयलाई जोड्दै अनसन सुरु गुर्नभएको छ ।

उहाँले दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच, गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था, भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने माग राख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू