अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०० | Colorodo: 05:15

एमसीसी सम्झौता खारेजीको माग गर्दै प्रदर्शन

बिआरटीनेपाल २०७७ जेठ २० गते ६:१८ मा प्रकाशित

अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौता खारेजीको माग गर्दै काठमाण्डौंमा प्रदर्शन गरिएको छ । दिनहुँजसो हुँदै आएको प्रदर्शनलाई नागरिकस्तरबाट मंगलबारपनि निरन्तरता दिईएको हो ।

काठमाडौंको नयाँ बस पार्कमा भएको प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय स्वाधिनताका लागि संसदबाटै एमसीसी खारेज गर्न माग गरेका छन् ।

प्रदर्शनकारीहरुले नेपाली सेनालाई व्यवसायमा नभई सीमा सुरक्षार्थ खटाउनु पर्ने माग गरेका छन् । सरकारको आर्थिक बर्षको बजेटमा समेत एमसीसी परियोजना समेत उल्लेख भएपछि पछिल्ला केही दिनयता देशका बिभिन्न भागमा परियोजना मुलुकको हित विपरित भएको ठहरसहित नियमितजसो प्रदर्शन हुँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू