अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१२ | Colorodo: 18:27

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुग्यो, ११ जनाको मृत्यु, ३ सय ३३ जना उपचारपछि डिस्चार्ज

बिआरटीनेपाल २०७७ जेठ २० गते ६:१२ मा प्रकाशित

नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ९ सय १२ पुगेको छ । पछिल्लो २४ घन्टामा २ सय ७८ जना कोरोना संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको हो । कोरोनाको संक्रमण ६८ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । बुधबार राति मृत्यु भएका सुर्खेतका २८ बर्षीय युवामा कोरोना ‘पोजिटिभ’ देखिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको पुष्टि भएको डा. देवकोटाले बताउनुभयो । कोरोनाको उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ हुनेको संख्या ३ सय ३३ जना पुगेको छ । शुक्रबार मात्रै ४० जना डिस्चार्ज भएका छन् ।

हाल देशभर एक लाख ६६ हजार ७६५ जना ‘क्वारेन्टिन’मा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ६० हजार २ सय २६ जना रहेका छन् । २ हजार ५ सय ६८ संक्रमित व्यक्तिहरु ‘आइसोलेसन’मा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू