अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५४ | Colorodo: 05:09

भाजपा नेता सुब्रमनियनको विवादस्पद ट्वीट – नेपाललाई कान्छो भाईको संबोधन

बिआरटीनेपाल २०७७ जेठ १९ गते २२:२५ मा प्रकाशित

भारतीय जनता पार्टीका नेता तथा राज्यसभा सांसद सुब्रमनियन स्वामीले नेपाललाई रगतको नाताको भएको कान्छो भाईको संज्ञा दिनुभएको छ । भारतीय कुटनीतिज्ञलाई नेपालीसँग राम्रो बोल्ने सुझाव दिने क्रममा स्वामीले नेपाललाई भाईको संज्ञा दिनु भएको हो ।

नेपालसँगको तनावका विषयमा भारतीय विदेश मामिला मन्त्रालयका कूटनीतिज्ञहरूले नेपाली समकक्षीसँग व्यवहार गर्दा मिठो बोली बोल्नुपर्ने सुझाव पनि दिनुभएको छ । दुई देशबीच सीमाका विषयमा विवाद बढिरहँदा उहाले शुक्रबार ट्वीट गर्दै आफ्ना कूटनीतिज्ञहरूलाई त्यस्तो निर्देशन दिन प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुझाव दिनुभयो ।

‘मोदीजीले भारतका कूटनीतिज्ञहरूलाई नेपाली समकक्षीसमक्ष प्रस्तुत हुँदा मिठो बोल्न अह्राउनुपर्छ’, स्वामीले ट्वीटमा लेख्नुभएको छ, ‘नेपाल हामीसँग रगतको नाता भएको कान्छो भाइ हो । नेपालीहरूले यदि अलग्याइएको महशुस गरेका छन् भने भारतले आफ्नो काँध चौडा पारेर उनीहरूको भावना शान्त पार्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू